काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम आइतबार सामन्यतया बदली भई केही स्थानमा वर्षा हुने जनाएको छ । मनसुनी वायु तथा मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण बदली तथा वर्षा भएको हो ।
विगत केही दिनको तुलनामा मनसुन केही कमजोर भए पनि निष्क्रिय नरहेकोले वर्षा हुने सम्भावना बढेको मौसमविदको भनाई छ । पूर्वदेखि पश्चिमका विभिन्न स्थानमा दिउँसो र राति बलदी तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन् । विगतका दिन भन्दा आइतबार पानीको मात्रा कम भए पनि सोमबारदेखि पुनः मौसम सक्रिय हुने उनले बताएकी छन् ।
विशेष गरी सोमबार रातिदेखि मनसुन सक्रिय भइ देशभर मध्यमदेखी भारी वर्षा हुने र बिहीबारसम्मै सो क्रम जारी रहने उनले बताएकी छन् । देशभरका नदीमा पानीको बहाव बढ्ने, पहिरो तथा बाढीको जोखिम हुने भएकाले सचेत हुने पर्ने मौसमविदको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ साउन २०७७, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको दिन आज कस्तो रहला देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना