काठमाडौँ । पत्नी गीता ढकालको हत्या कसुरमा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको संयुक्त इजलासबाट भएको फैसलाविरुद्ध सडकमा आन्दोलन सुरु भएको छ ।
कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला गलत भएको भन्दै प्रदर्शनकारीले प्रधानन्यायाधीश राणाको राजीनामा र राजीनामा नदिए उनलाई महाभियोग लगाउनुपर्ने माग राखेका छन् ।
जिल्ला र पुनरावेदन अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय तोकिएपछि जेलमा रहेका कोइरालाको सजाय कम गर्न सर्वोच्चको संयुक्त इजलासबाट भएको निर्णय पहिलेका नजिर र कानुन प्रतिकूल भन्दै महान्यायाधिवक्ताको कार्यालयले पुनरवलोकन माग राखेर शुक्रबार निवेदन दर्ता गरिसकेको छ ।
जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैद फैसला सुनाएका कोइरालाको सजाय ११ वर्ष घटाउने निर्णय सर्वोच्चको संयुक्त इजलासबाट भएपछि त्यसमा पुनरवलोकन हुनुपर्ने माग राखेर निवेदन दर्ता गराइएको हो । निवेदनको पेसी आइतबारका लागि तोकिएको सर्वोच्चले जनाएको छ । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ साउन २०७७, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशको टर्की भ्रमण स्थगित
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
सञ्जीव खन्ना बने भारतको ५१औं प्रधानन्यायाधीश
प्रधानन्यायाधीश राउत क्वालालम्पुर प्रस्थान
आजदेखि राउत नयाँ प्रधानन्यायाधीश
संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्छ: विश्वम्भरप्रसाद श्रेष्ठ