काठमाडौं । सत्तारुढ दल नेकपाका भित्र विवाद चर्किरहदा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कालापानी क्षेत्रको सीमा विवाद पुरानै भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिबार उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई कटाक्ष गर्दै भनेका छन्–‘प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नहुनेले मैले हो भन्न कसरी सकेको ?’
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नक्सा प्रकाशनको विषय पार्टीको भएको तर अहिले प्रधानमन्त्री ओलीले मात्रै जस लिन खोजेकोमा आपत्ति जनाएका थिए। उनले आफैले अध्यक्षता गरेको पार्टीको बैठकबाट नेपालको सम्पूर्ण भूभाग समेटिएको नयाँ नक्सा जारी गर्नुपर्छ भन्ने निर्णय भएको र सो निर्णय लागु गराउन सरकारलाई पार्टीले निर्देशन दिएको बताएका थिए।
पार्टीको निर्णय लागु गराउन सरकारले सुरुमा आनाकानी गरेको र पछि सचिवालय बैठकमा आफूसहितका नेताले दबाब दिएपछि मात्रै प्रधानमन्त्री ओली त्यसमा सहमत भएको प्रचण्डले बताएका थिए। ‘नयाँ नक्सा तत्कालै प्रकाशन गरिहाल्नु पर्छ भनेर निर्णय गराउनेहरु राष्ट्रघाति दलाल हुने अनि नक्सा त एकछिनमै प्रिन्ट भैहाल्छ नि अहिले त भूमि फिर्ता लिने विषय ठूलो हो भन्ने चाहीँ महान राष्ट्रवादी भन्ने ढंगले प्रचार गरिनु उचित होइन’, प्रचण्डले भनेका थिए, ‘ नयाँ नक्सा प्रकाशनको यो निर्णय पार्टीको हो, पार्टीको निर्णय लागु गराएकोमा हामीले प्रधानमन्त्रीलाई धन्यवाद पनि दिएकै हो ।’
प्रचण्डले नयाँ नक्सा प्रकाशनको निर्णय पार्टीको भएकोले प्रधानमन्त्री ओलीले मात्रै जस लिन खोज्न नहुने बताएपछि नेकपाका नेता शंकर पोखरलेले उनको भनाईलाई प्रतिवाद गरेका छन् । मुख्य मन्त्री पोखरेलले सामाजिक संजालमा लेखेका छन्–‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० साउन २०७७, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओरालो यात्रा रोकिएको छ र सुधारका स्पष्ट परिणाम देखिंदैछन् : शंकर पोखरेल
विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजान्छौँ: शंकर पोखरेल
पार्टीका घोषित नीतिविपरीत कित्ताकाट क्षम्य हुँदैन: शंकर पोखरेल
संवैधानिक नियुक्ति सदर पछि शंकर पोखरेलको प्रतिक्रिया- अब काममा तीव्रताको अपेक्षा गरौं
अहिले नेतृत्वको बहस पूर्णतः रोक्न शंकर पोखरेलको निर्देशन
बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ: शंकर पोखरेल