काठमाडौं । झन्डै डेढ महिनादेखि पार्टीभित्रको आन्तरिक विवादमा रुमल्लिएपछि स्थायी कमिटीको बैठक रोकेर केही दिन विश्राममा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार आफ्नो मनभित्रका उकुसमुकुस सार्वजनिक मञ्चमार्फत पोखेका छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रित गरी पार्टीका आन्तरिक बैठकमा गर्ने टिप्पणी उनीहरूले शुक्रबार सार्वजनिक मञ्चबाटै गरे । नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीले पार्टी फुटाउने उद्देश्यले नै नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको कुरा मात्र उठाएनन्, नक्सा छाप्ने निर्णयमा पार्टीको हात रहेको भन्दै ओलीको देवत्वकरण गरिएकामा असन्तुष्टिसमेत जनाए ।
दाहाल मात्र होइन, वरिष्ठ नेता माधव नेपालले पनि पार्टीभित्र विधि, पद्धतिभन्दा व्यक्तिवादी शैली हावी भएको र ‘म नै राज्य हुँ’ जस्तो प्रवृत्ति हुर्किएको धारणा राखे । दुवै नेताले कम्युनिस्ट आन्दोलनको चिन्ता गर्दै अहिले पार्टीभित्र हुर्केका प्रवृत्तिको समीक्षात्मक टिप्पणी गरेका थिए ।
अध्यक्ष दाहालले नेपालको मिचिएको भूमि समेटेर नक्सा जारी गर्ने काम पार्टीका कारण सम्भव भएको बताए । कान्तिपुरमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० साउन २०७७, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’