राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, २१ : १४
राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार

सांकेतिक तस्विर

काठमाडौं । राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीय युवतीमाथि एसिड प्रहार भएको हो । 

दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । उनलाई कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस