काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
आज बिहीबार प्रधानमन्त्रीलाई भेट्ना बालुवाटार पुगेका देउवाले लकडाउन अन्त्य भएको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि रणनीति बनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
सभापति देउवाले पीसीआर विधिबाट मात्रै कोरोना परीक्षण गर्न आग्रह गर्दै अहिले पनि क्वारेन्टिनहरु मापदण्डअनुसार बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
विदेशमा अप्ठेरोमा परेका नेपाली नागरिकको उद्धारलाई पनि तीव्रता दिन पनि सभापति देउवाले आग्रह गरेका छन् ।
साथै, अविरल वर्षासँगै बाढी पहिरोको प्रकोपमा परी ठूलो जनधनको क्षति भएकोले उद्धार, राहत र विस्थापितको पुनर्स्थापनाको काम तीव्र गतिमा गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
कोरोनाबाट सिर्जना भएका चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने देउवाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०७७, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ