काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
आज बिहीबार प्रधानमन्त्रीलाई भेट्ना बालुवाटार पुगेका देउवाले लकडाउन अन्त्य भएको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि रणनीति बनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
सभापति देउवाले पीसीआर विधिबाट मात्रै कोरोना परीक्षण गर्न आग्रह गर्दै अहिले पनि क्वारेन्टिनहरु मापदण्डअनुसार बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
विदेशमा अप्ठेरोमा परेका नेपाली नागरिकको उद्धारलाई पनि तीव्रता दिन पनि सभापति देउवाले आग्रह गरेका छन् ।
साथै, अविरल वर्षासँगै बाढी पहिरोको प्रकोपमा परी ठूलो जनधनको क्षति भएकोले उद्धार, राहत र विस्थापितको पुनर्स्थापनाको काम तीव्र गतिमा गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
कोरोनाबाट सिर्जना भएका चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने देउवाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०७७, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली मेड्रिटमा
प्रधानमन्त्री ओलीले गराए स्पेन भ्रमणबारे संसद्लाई जानकारी
नेपाल स्वास्थ्य विज्ञानको शुरुवात भूमि होः प्रधानमन्त्री ओली