चितवन । राजधानी काठमाडौँसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा ल्याउन मर्मत सम्भार तथा पहिरो पन्छाउने कार्यलाई तिब्रता दिईएको छ । उक्त सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि राजमार्ग गत सोमबारदेखि पुर्ण रुपमा ठप्प छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार मौवाखोलामा बुधबार बिहान खोला मूलधारमा पठाएर जालीको पर्खाल लगाउन थालिएको छ । विङवाल अर्थात पखेटे पर्खाल लगाउने काम राति अबेरसम्म गरिएको थियो । दिनभर ४२ जना मजदूरले पर्खाल लगाउने काम गरेका थिए । दिउँसोको समयमा नेपाली सेनाले पनि सहयोग गरेको उनले जानकारी दिए ।
नुवाकोटबाट जालि झिकाएर स्थानीय ढुङ्गा भरेर पर्खाल लगाउने काम भइरहेको छ । दिनभरमा धेरै काम सम्पन्न हुने अपेक्षा गरिएको छ । कार्यालय प्रमुख अधिकारीले भने, ‘थप पानीले समस्या नवनाएमा शुक्रबार दिउँसोसम्ममा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउँछौँ ।’ सो सडकखण्डको मुग्लिनबाट नौबिसेसम्म २०० भन्दा बढी स्थानमा पहिरो खसेको थिए । ती पहिरो पन्छाउने र मर्मतसम्भार गर्ने काम तीव्र गतिमा भइरहेको छ ।
राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख मार्ग भएकाले सबैको ध्यान, चासो र सहयोग जुटेकै कारण कामले तीव्रता पाएको छ । ठाउँठाउँमा एकतर्फी सडक खुलाइएको छ । ती ठाउँमा मालबाहक ट्रक अव्यवस्थित ढङ्गले पार्किङ हुँदा काममा अप्ठ्यारो भएको उनले बताए । यता नारायणग–मुग्लिन सडकखण्डको चारकिलो र १६ किलोमा सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक विभागले हालका लागि राजधानी काठमाडौँ जान त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ । राजमार्ग अवरुद्ध हुँदा अत्यावश्यक र मालबाहक सवारी प्रभावित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०७७, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द
पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध
कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु
फिलिपिन्समा पहिरोः ५ जनाको मृत्यु, ४५ को सकुशल उद्धार