काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठक केही बेरमै स्थगित भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए । अर्का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बसेको बैठक केही बेरमै स्थगित भएको हो ।
बाढी पहिरोले देशभर वितण्डा मच्चाइरहेकाले उद्दारमा लाग्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताइएको छ । बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको छ । बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०७७, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै