काठमाडौं । अविरल परेको वर्षासंगै झरेको पहिरोका कारण धादिङमा ३ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिरोले गए राति घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृतक एकै परिवारको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको हो ।
बिहान चार बजेतिर पहिरो गएको र पन्छाउदा ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध
म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता
अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
पहिरोले घर पुरिँदा चार जना घाइते
पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा