काठमाडौं । अविरल परेको वर्षासंगै झरेको पहिरोका कारण धादिङमा ३ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिरोले गए राति घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृतक एकै परिवारको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको हो ।
बिहान चार बजेतिर पहिरो गएको र पन्छाउदा ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'