काठमाडौं । तेहरानले आफ्ना छिमेकी तथा अरब क्षेत्रका मुलुकहरूसँगको मतभिन्नतालाई वार्ताद्वारा समाधान खोज्न तयार रहेको इरानी अधिकारीले बताएका छन् ।
इरानले मतभिन्नतालाई सुल्झाउन खाडी मुलुकहरूसँगको वार्ताका लागि तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीलाई उद्धृत गरी तास्निम समाचार संस्थाले सोमबार समाचार सम्प्रेषण गरेको छ ।
इरान साउदी अरबलगायत सबै क्षेत्रीय देशहरूसँग वार्ता तथा सहयोगका लागि सदैव तयार रहेको प्रवक्ता मौसवीले आइतबार आफ्नो इराक भ्रमणका क्रममा परराष्ट्रमन्त्री मोहम्मद जावेद जरीफसँथ बताउनुभयो ।
“इरानले सधै अरब क्षेत्रको स्थायित्व, सुरक्षा र शान्ति चाहन्छ र यस क्षेत्रको आर्थिक समृद्धि, सुरक्षा बहाली र राजनीतिक तथा सामाजिक स्थायित्वका लागि वार्ता नै उत्तम विकल्प रहेको छ,” मौसवीले भन्नुभयो ।
बग्दाद भ्रमणका क्रममा जरीफले इराकी राष्ट्रपति बाहहम सलिह, प्रधानमन्त्री मुस्तफा अल कादिमी, परराष्ट्रमन्त्री फुआद हुसेनलगायत अन्य वरिष्ठ राजनीतिक अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । ती भेटहरूमा जरीफले क्षेत्रीय राज्यहरूबीच अन्तरक्रिया, सहकार्य गर्ने र छिमेकी इराकको साथ वृहत्तर सम्बन्धविस्तार गर्नेमा जोड दिनुभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०५ साउन २०७७, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत