काठमाडौंँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ मा पहिरोले पुरिएर एक युवकको ज्यान गएको छ ।
अविरल वर्षासंगै खसेको पहिरोका कारण गागलफेदी स्थित घट्टेखोलामा २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंकाले जनाएको छ ।
साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोला तिर गएको बेला पहिरो खस्दा उनको निधन भएको हो । नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०७७, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा