काठमाडौ । पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।
गुल्मीकाे कालीगण्डकी गाउँपालिका-६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सडकमाथिबाट ठूलाे चट्टानसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडकको अवरोध हटाउन प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।
तर अहिले पनि निरन्तर पहिरो खसिरहेकाले तत्काल पहिरो पन्छाउन असम्भव देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु