काठमाडौँ । पहिरोले शुक्रबादेखि बन्द रहेको कालीगण्डकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा आएको छ। शुक्रबार बिहान सडक माथिबाट ठूलो ढुंगासहित खसेको पहिरोका कारण अवरुद्ध भएको सडक सोमबार बिहानबाट एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।
कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्बेनी खण्डको वडा नम्बर २ को गरगरेमा पहिरो खसेका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले यात्रामा सतर्कता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खबर गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०९ असार २०८२, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु