काठमाडौँ । पहिरोले शुक्रबादेखि बन्द रहेको कालीगण्डकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा आएको छ। शुक्रबार बिहान सडक माथिबाट ठूलो ढुंगासहित खसेको पहिरोका कारण अवरुद्ध भएको सडक सोमबार बिहानबाट एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।
कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्बेनी खण्डको वडा नम्बर २ को गरगरेमा पहिरो खसेका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले यात्रामा सतर्कता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खबर गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०९ असार २०८२, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा