काठमाडौं । देशभरि मनसुनी वायु सक्रिय रहँदा गए रातिदेखि मुलुकका अधिकांश स्थानमा लागातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रातिदेखि परेको अविरल वर्षा कतिपय स्थानमा भारी वर्षा मापन गरिएको छ ।
बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै विभागले एसएमएसमार्फत पनि सन्देश पठाएर अलर्ट गराएको छ । विभागले त्यस क्षेत्रका नदी किनार र डुवान भईरहने होचा स्थानमा दिउँसो सम्म सतर्क अपनाउँन आग्रह गरेको छ ।
पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको तथा थप वर्षा हुन सक्ने भएकाले डुडवा खोला, राप्ती नदी आसपासका क्षेत्रमा पनि सतर्क रहन आह्वान गरिएको छ । यस्तै परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा पनि भारी वर्षा मापन भएको विभागले जनाएको छ ।
त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने भएकाले आरूण खोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । त्यस क्षेत्रमा थप बर्षा हुने भएकाले रंघुनको महाकाली दोभान सम्मको क्षेत्रमा खतरा आसपासको बाढीको सम्भावना भएकाले तटीय क्षेत्रमा उच्च सतर्कताका लागि आह्वान गरिएको विभागले जनाएको छ । महाशाखाले यस अघि नै सुचना जारी गरि ४ गर्दै लगातार वर्षा हुन सक्ने र यसले क्षति पु¥याउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०७७, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरको बेलौरीमा भारी वर्षा
कैलालीको गर्भा दरबार क्षेत्रमा भारी वर्षा
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा
मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह