ऐश्वर्या राय र छोरी आराध्या पनि अस्पताल भर्ना

एजेन्सी

शनिबार, ०३ साउन २०७७, ०९ : ४४
ऐश्वर्या राय र छोरी आराध्या पनि अस्पताल भर्ना

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन, छोरा अभिषेक बच्चनसंगै अब बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या पनि अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएका उनीहरुलाई मुम्बईको नानावती अस्पताल लगेर उपचार थालिएको हो ।  संक्रमण देखिएपनि कुनै स्वास्थ्य समस्या नभएका कारण उनीहरु घरमै थिए ।

तर सावधानीका लागि उनीहरुलाई अस्पताल भर्ना गरिएको भारतिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस