काठमाडौं । सर्वसाधारणलाई अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन केही सहज हुने भएको छ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा निक्षेप तथा पुँजी अनुपात (सीसीडी) मा परिवर्तन, ऋण लगानीका अनिवार्य सीमा वृद्धि, सेवा शुल्कमा कडाइ, सहुलियतपूर्ण र पुनर्कर्जासम्बन्धी व्यवस्थाहरू गरिएकाले ऋण परिचालन सहज हुने भएको हो ।
नयाँ व्यवस्थाले निक्षेपको ब्याज धेरै तल झर्न नपाउनुका साथै कर्जाको ब्याजदर पनि वाञ्छित सीमाभित्र रहने दाबी राष्ट्र बैंकले गरेको छ । मौद्रिक नीतिले ग्रामीण कर्जा विस्तार र कोभिड–१९ ले असर पारेको क्षेत्रलाई सक्दो सम्बोधन गरेकाले सकारात्मक प्रभाव पार्ने पूर्वअर्थसचिव रामेश्वर खनालले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०३ साउन २०७७, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेठमा ३२ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपियो
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो
पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋण
पोखरा विमानस्थलका लागि लिइएको ऋणलाई अनुदानमा बदल्न चीनलाई अर्थमन्त्रीको आग्रह