प्रधानमन्त्री ओली र प्रचण्ड बीच फेरी बालुवाटारमा वार्ता, सहमती हुनेमा आशंका

स्थायी समितिमा समसामयिक प्रस्ताव मात्र पारित गरेर जाने, विवाद देखि स्थायी समितिमा एजेण्डाका रुपमा रहेको सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा लगायत सवै विषय केन्द्रीय समितिमै छलफलमा लैजाने, बैठक कम्तीमा एक महिना बोलाउन नपाउने

सफल खबर संवाददाता

शुक्रबार, ०२ साउन २०७७, ०९ : १९
प्रधानमन्त्री ओली र प्रचण्ड बीच फेरी बालुवाटारमा वार्ता, सहमती हुनेमा आशंका

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागले आन्तरिक कलहमा फसेको सत्तासिन दल नेकपाको विवाद साम्य भएको छैन् । वरिष्ठ नेता माधव नेपालसहित बालुवाटारमा दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बिहिबार पनि सहमतिको खोजीमा बालुवाटारमा छलफलमा बसे । तर आज कुरा गर्यो उही, भोलि कुरा गर्यो उही भनेझै ओलीको आफ्नै अडान दोहोरियो, म राजीनामा दिदै दिन्न, तपाईहरुले सकेको गर्नुस् । 

ओलीको एकसुत्रिय त्यही अडानका कारण स्थायी समिति धकेलिएको धकेलियै भएको पनि १५ दिन बितिसकेको थियो । शुक्रबार (आज)का लागि स्थायी समिति बैठक गत असार २६ मै तोकिएको थियो । अब फेरि गर्ने के ? ओलीको हठका कारण फेरि दुई अध्यक्षका बीचमा मात्र छलफल केन्द्रीत गरिरहने या स्थायी समितिलाई कुनै एउटा अवस्थामा लगेर टुंग्याउने ? बालुवाटारमा भएको छलफलमा स्थायी समिति शुक्रबार औपचारिकताका लागि मात्र बोलाउने र त्यसले केन्द्रीय समिति बैठक बोलाएर विवाद सबै त्यही छलफलमा लैजाने । त्यसपछि बैठक टुंग्याउने । नेताहरु आ आफनो समुहका नेताहरुसँग छलफल गर्न बालुवाटार र खुमलटारमा बसे ।

बालुवाटार नेताहरुको छलफलले सहमति विषयमा नभई पार्टीका जुनकुनै बैठक बोलाउनु अनुपयुक्त हुने प्रधानमन्त्रीसँगको छलफलमा रहेका केही नेताले राखे । खासगरी परराष्ट्रमन्त्री समेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवाली, संसदीय दलका उपनेता सुवास नेम्वाड लगायत नेताले ओलीलाई यस्तो सुझाव दिए ।  उनीहरुले भने पार्टीको एउटा कमिटिको विवाद अर्काे कमिटिमा सार्ने काम मात्र नगरौं, सचिवालयमा घेराबन्दी भयो, स्थायी समितिमा अल्पमतमा पारेका छौं, केन्द्रीय समितिमा माधव र प्रचण्ड समुह मिल्दा झनै कमजोर वन्ने अवस्था छ, त्यता नजाऔं, पहिले सहमति नहँदा सम्म पार्टी बैठक नै पछि सारौं । तर नेम्वाड र ज्ञवाली लगायत नेताहरुले सोचेजस्तो अवस्था थिएन् ।

अब बैठक टार्न नुहने र कुनै न कुनै रुपमा विषय पछि धकेल्ने गरी जानु नै उपयुक्त हुने महासचिव विष्णु पौडेल लगायत नेताहरुले मत राखे ।  आफु निकट नेताहरुले नै दुई थरी कुरा गरेपछि बालुवाटार छलफलको एउटा निश्र्कष निस्कियो, स्थायी समिति बैठक अगाडी फेरि एकपटक अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्रीले छलफल गर्ने । त्यसपछि नै तय भयो, बालुवाटारमा अहिले बिहान ९ वजे दुई अध्यक्षको बीचको छलफल गर्ने कार्यसूचि ।  यो छलफलमा ओली पक्षले प्रचण्डबाट केही विषयमा स्पष्टता र विश्वास खोज्ने भएको ओली निकट एक नेताले बताए ।

स्थायी समितिमा समसामयिक प्रस्ताव मात्र पारित गरेर जाने, विवाद देखि स्थायी समितिमा एजेण्डाका रुपमा रहेको सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा लगायत सवै विषय केन्द्रीय समितिमै छलफलमा लैजाने, बैठक कम्तीमा एक महिना बोलाउन नपाउने ।  त्यसो गर्दा प्रधानमन्त्री ओलीले स्थायी समितिमा सिधै आफ्नो राजीनामाको उठेको कुरो केन्द्रीय समितिमा नउठने विश्वास लिएको देखिन्छ । सरकारको कामको समिक्षाका क्रममा राजीनामाको विषय उठेपनि अहिले जसरी सिधै नउठने अनुमान ओली पक्षको छ । 

ओलीले स्थायी समितिको बैठकमा दुवै अध्यक्ष साझा रुपमा प्रस्तुत हुनुपर्ने, समसामकिय प्रस्तावमा सहमति खोज्नुपर्ने विषयमा अहिले प्रचण्डसँग छलफल गर्न चाहेको हो । प्रचण्ड नेपाल पक्षले पार्टीभित्र निक्कै विवादित बनेको एमसीसीलाई पार्टी निर्णय नहुदाँ सम्म कार्यान्वयनमा नलैजान सरकारलाई निर्देशन दिने गरी बैठक टुंग्याउन चाहेको छ । तर ओली पक्ष यस विषयमा अहिले चुप बस्ने नीति अनुसार जानुपर्ने पक्षमा देखिएको छ । ओली र प्रचण्ड बीच अहिले बाुलवाटारमा हुने छलफल यिनै विषयहरुमा केन्द्रीत रहेर हुन लागेको बालुवाटार स्रोतले बताएको छ । दुई अध्यक्षको छलफल पछि बिहान ११ बजे बालुवाटारमै स्थायी समिती बैठक बस्नेछ । 
 

प्रतिक्रिया दिनुहोस