काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छैटौंपटक भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । यसले गर्दा नेकपामा राजीनामा प्रकरण बल्झिएको छ भने विवाद चुलिँदै गएको छ ।
प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन प्रचण्डले आग्रह गरे पनि दुवै पदबाट राजीनामा नदिने अडान ओलीले राख्दा सहमति जुट्न नसकेको हो । दुई अध्यक्षबीच सहमति जुट्न नसकेपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहभागी भएको छलफलमा सहमतिभन्दा पनि झन् विवाद चुलिएको छ ।
राजीनामाको एजेन्डाबाट पछि हटेर अध्यक्षको जिम्मेवारी दिए विवाद मिल्ने संकेत गरेका प्रचण्डले पुनः ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडान दोहोर्याएका छन् । जसले गर्दा नेकपाभित्र टर्न लागेको राजीनामाको विषय फेरि बल्झिएको हो । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०२ साउन २०७७, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन