काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छैटौंपटक भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । यसले गर्दा नेकपामा राजीनामा प्रकरण बल्झिएको छ भने विवाद चुलिँदै गएको छ ।
प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन प्रचण्डले आग्रह गरे पनि दुवै पदबाट राजीनामा नदिने अडान ओलीले राख्दा सहमति जुट्न नसकेको हो । दुई अध्यक्षबीच सहमति जुट्न नसकेपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहभागी भएको छलफलमा सहमतिभन्दा पनि झन् विवाद चुलिएको छ ।
राजीनामाको एजेन्डाबाट पछि हटेर अध्यक्षको जिम्मेवारी दिए विवाद मिल्ने संकेत गरेका प्रचण्डले पुनः ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडान दोहोर्याएका छन् । जसले गर्दा नेकपाभित्र टर्न लागेको राजीनामाको विषय फेरि बल्झिएको हो । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०२ साउन २०७७, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो’ : ओली
बालकोट पुगेर ओलीले गरे मतदान
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप