Safal Khabar - कोरोनाको पाठ : कृषि नै खास
बुधबार, २१ साउन २०७७ (Wednesday, 5 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
कोरोनाको पाठ : कृषि नै खास
बिहिबार, ०१ साउन २०७७, ११ : ०५
कोरोनाको पाठ : कृषि नै खास
सांकेतिक तस्विर

– मनोज घिमिरे

सानो हुँदा हजुरबुबा भन्ने गर्नुहुन्थ्यो ‘उत्तम कृषि, मध्यम व्यापार र तुच्छ जागिर’ । यो बुझ्न जीवनको ४० औँ वसन्त पार गर्नुप¥यो । बुबा जागिरे हुनुहुन्थ्यो र जागिरलाई तुच्छभन्दा कता–कता मनमा चस्को पथ्र्याे । हामी बुबाको महिनावारी तलबमा रमाइरहेका थियौं । ०७७ सालसम्म यस्तो कालखण्डमा आइपुग्यौं कि कोरोना भन्ने महामारीले आतंक मच्चाई संसारका मानिसलाई घरभित्रै थुनिएर बस्न बाध्य पा¥यो । यही मौकालाई सदुपयोग गर्दै म खेतबारीमा दिनहँु धाउन थालेँ । खेतबारी त थियो नै तर पूर्णरूपले किसानीको स्वादिलो अनुभव लिन पाएको थिइनँ । त्यति डटेर काम नगर्ने, सजिलो उपाय अपनाउने (खेती भए हुन्छ नभए पनि हुन्छ पाराले) गरेको थिएँ ।

लकडाउन थालिँदासम्म मकै गोड्ने बेला भइसकेको थियो । हरेक बिहान कोदालो बोकेर खेत बारीतिर जाने र गोड्ने क्रम शुरु भयो । एक बिगाहाको मकै तीन दिनमा ७ जनाले गोडेर सकियो । मकै हुर्कंदै गर्दा बेलाबेलामा छाँट्नुपर्नेदेखि मौसमको स्थितिलाई बुझेर पानी पनि दिनुपर्ने (अति नै खडेरीको बेला) । मकै रोप्दादेखि लिएर मकैलाई दाना बनाएर नभिœयाउन्जेलसम्म त यति धेरै मिहिनेत, श्रम र शक्तिको खर्च हुनेरहेछ जसको मैले कुनै मूल्य नै देखिनँ । र, किसान हुनुको एक खाले अनुभूति हँुदै गयो ।

Yeti Diistillery
Tansen Cement box

संयुक्त राष्ट्रसंघको आँकडाअनुसार आज विश्वको जनसंख्या ७ दशमलव ८ खर्ब छ । अनुसन्धानले यो देखाएको छ कि मानिसलाई पेटभरि दिनको तीनपटक खाँदा पनि २००० ग्राम अर्थात् २ किलो सरदर लाग्छ । यस हिसाबमा खर्बाैं खर्ब ग्राम खानेकुरा प्रतिदिन चाहिने गर्छ । प्रत्येक वर्ष १ दशमलव ३ अर्ब टन खाद्यान्न उत्पादन हुन्छ । यस उत्पादनको एकतिहाइ बर्बाद हुन्छ । जसमा फलफूल तरकारी ४५%, माछा र समुद्री भोजन ३५%, अनाज ३०%, डेरी उत्पादन २०% र मासु २०% छन् । विश्वभर यति धेरै खाद्यान्न उत्पादन गर्दा पनि आज धेरै देश भोकमरीले ग्रस्त छन् । किन ? यत्रो बर्बाद गरिएको खद्यान्नलाई त्यो ठाउँमा वितरण गरिदिए हुने तर गरिँदैन । यो हामी सबैलाई उपभोग गर्न सिकाइएको छ उत्पादन गर्न होइन ।

हामीकहाँ ३ करोड जनसंख्या छ । जम्मा आवादी जमिनको क्षेत्रफल सन् २०१८ को आँकडाअनुसार करिब ४१,२१० वर्गकिमि छ । २०२० सम्म यसलाई नै कृषिभूमि क्षेत्र मानिएको छ । हाम्रो कूल गार्हस्थ उत्पादन ५१% पहिलो सेवा क्षेत्रबाट आउने रहेछ । दोस्रो कृषि क्षेत्रबाट र तेस्रो उद्योगधन्दाबाट आउने गरेको छ । अधिकांश नेपाली जनसंख्या ग्रामीण भूभागमा अवस्थित छ र आफ्नो जीविकाको लागि कृषीमा निर्भर छन् । भनिन्छ, नेपाल कृषिप्रधान देश तर आँकडा तथा कुल गार्हस्थ उत्पादनले सेवालाई नै प्रधान देखाएको छ । कसरी हामी कृषिप्रधान भयौं ? आँकडा हेर्दा त सेवा प्रधान भयौं ।

  किसान एउटा मर्यादित पेशा हो । जसले संसारमा रहेका सबै प्राणीलाई जोगाउने र बचाउने गर्छ । किसानले सर्प पाल्छन्, भ्यागुता पाल्छन्, चराचरुंगी पाल्छन् । त्यही किसानले उत्पादन गरेको खाद्यान्न खाएर अन्य प्राणीसमेत रमाइरहेका हुन्छन् । यसरी सर्वप्रिय किसान पेशालाई हेयभावले हेरिन्छ । किसानलाई विवाह गर्नुपरेमा छोरी दिन सितीमिती कोही तयार हँुदैनन् । बरु विदेशतिर जस्तोसुकै कार्य गरेर किन बसेको नहोस्, छोरी दिन बाबुआमा दाम्लो छिनालेर अगाडि बढ्छन् ।

म त भन्छु किसान पेशा विश्वको शक्तिशाली पेशा हो । संसारको शक्तिशाली मान्छे नै किसान हो । किसानले उत्पादन गरे, सबै बाँचे, नत्र चैट । 

 हाम्रो देशमा सम्पूर्ण कृषि सामग्री आयातित छ । मल, बिउ सबै आयातीत । हामी कृषि मुलुक भन्छांै र फेरि पनि कृषिमा आत्मनिर्भर छैनौं । अहिलेसम्मको अवस्थामा परनिर्भर नै छांै । कृषि उत्पादन सँगसँगै जैविक मल किसानलाई आफ्नो खेतबारीको लागि आफंै उत्पादन गर्न सिकाउने हो भने पक्कै पनि हामीले आयातित रासायनिक मलबाट छुट्कारा पाउन सक्थ्यांै । सम्पूर्ण अर्गानिक उत्पादन हुनेथियो । खेतीपातीको लागि गाईवस्तु पाल्नैपर्ने र यसबाट खेतबारीका लागि गोबरमल पर्याप्त हुन गई कृषि उत्पादनलाई बढाउँछ । आफ्नो खेत, कान्ला वरपर रुखबिरुवा लगाई डालेघाँसको उत्पादनले बाख्रापालनमा टेवा पुग्छ । जसले गर्दा जंगल जाने झन्झटबाट मुक्ति पाइन्छ ।

नेपालमा किसानलाई खर्च धान्न पनि धेरै गाह्रो छ । जब धान, मकै, गहुँ अन्य बाली उत्पादन हुन्छ । ठ्याक्कै त्यही समयमा सबै बालीको दरभाउ आदिभन्दा बढी घटेको हुन्छ । उत्पादनमा पसिना बगायो, बजार पु¥यायो, मूल्य पाइँदैन । निरास भयो– फर्कियो । सम्बन्धित निकाय कसैको ध्यान यसतर्फ गएको देख्दिनँ । तैपनि, किसानीले पूर्णरूपमा आत्मनिर्भर बनाउँछ । न ग्यास किन्नको चिन्ता, न खाद्यान्न सकियो के खाने भन्ने चिन्ता, तरकारी किन्न बजार जाने झन्झटबाट मुक्ति । सबैभन्दा मीठो कुरा त रातमा मस्त निदाउन पाउनु ।

यो लकडाउनले मलाई सिकाएको पाठ किसान त्यो हो, जो दिनरात माटोसँगै सुत्छ, खेल्छ र माटोलाई चुम्न जानेको छ । पृथ्वीको एउटा मात्र नायक हो किसान । यतिबेला व्यापार व्यवसाय ठप्प छ । विश्व नै आर्थिक मन्दीको अवस्थामा पुगेको छ । खाद्यान्नका लागि विकल्पको खोजी हुन थालेका छन् । नेपालमा प्रशस्तै सम्भावना भएको कृषि क्षेत्रलाई उचित संबोधन राज्यको तर्फबाट र नागरिकस्तरबाट पनि हुने हो भने कोरोना कहरले कृषि सदाबहार उत्तम उपाय रहेछ भन्ने ज्ञान दिन्थ्यो । (जनआस्थाबाट)

प्रतिक्रिया दिनुहोस