साझा यातायात आजदेखि सञ्चालन

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०७७, ०९ : २७
साझा यातायात आजदेखि सञ्चालन

काठमाडौं। साझा यातायातले आजदेखि काठमाडौं उपत्यकामा बस सञ्चालन गरेको छ। तत्कालका लागि साझा यातायातले ६७ वटा बसमध्ये २६ वटा बस सञ्चालन गरेको हो।  

साझा बाहेक, सुन्दर यातायात र मयुर यातायातले पनि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्न थालेका छन्। तर, अन्य यातायातले भने सेवा थालेका छैनन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ लगायतका केही बस व्यवसायीहरूले भने सार्वजनिक सवारी सञ्चालन गर्ने विषयमा सरकारले एकलौटी निर्णय गरेको भन्दै तत्काल सवारी नचलाउने निर्णय गरेका छन्। सवारी साधन सञ्चालनको लागि सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने यातायात व्यवसायीहरूले माग छ ।

२३ असारको मन्त्रिपरिषद‍्को बैठकले एक जिल्लाभित्र मात्रै सार्वजनिक सवारी चलाउन पाइने गरी खुल्ला गरेको थियो। कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन लागू गरेपछि सार्वजनिक सवारी साधान सञ्चालन पनि बन्द भएको थियो। सरकारले ५० प्रतिशत मात्र यात्रु राख्न र न्यूनतम भाडामा ५० प्रतिशत बढाएर सेवा सञ्चालन गर्न भनेको छ । 


 

प्रतिक्रिया दिनुहोस