लकडाउनमा समस्यामा परेका आयोजनालाई ६ महिना म्याद थप

बुधबार, ३१ असार २०७७, १७ : ५५
लकडाउनमा समस्यामा परेका आयोजनालाई ६ महिना म्याद थप

काठमाडौं । लकडाउनमा समस्यामा परेका आयोजनालाई ६ महिना म्याद थप हुने भएको छ । सरकारले लकडाउनको अवधिमा खरिद सम्झौता भएका र सोही अवधिमा निर्धारित निर्माणको म्याद समाप्त भएका आयोजनाहरु बढीमा ६ महिनासम्म थप समय दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई ६ महिना थप समय दिने निर्णय भएको हो । 


 

प्रतिक्रिया दिनुहोस