भरतपुरमा सुरु भएन लाइसेन्स सेवा : अधिकार छ, पूर्वाधार छैन

प्रकाश सिग्देल

बुधबार, ३१ असार २०७७, १६ : ४५
भरतपुरमा सुरु भएन लाइसेन्स सेवा : अधिकार छ, पूर्वाधार छैन

चितवन । यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरले सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा दिने अधिकार पाए पनि पूर्वाधार अभाव हुँदा सेवा दिन सकेको छैन । 
आगामी आर्थीक वर्षबाट भने यो सेवा पनि प्रवाह गर्ने गरि पुर्वाधार तयार हुनेमा सेवा कार्यालय भरतपुरका कर्मचारी आसाबादि बनेका छन् । 

यातायात व्यवस्था विभागले वि सं २०७५ साउन ९ गते भरतपुर लगायत १६ वटा सेवा कार्यालयलाई परिपत्र गर्दै पूर्वाधार पुगेका सेवा कार्यालयहरुले लाइसेन्स वितरण गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरेको थियो । पूर्वाधार निर्माणका लागि कसैले पनि चासो नदेखाउँदा त्यसअघि प्राप्त लाइसेन्स नवीकरणको सेवासमेत सञ्चालन हुन सकिरहेको छैन । 

आफुहरुले प्रदेश लाई पत्र लेखेर पठाएको र यो आर्थीक वर्ष पछि भने सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अधिकार प्रदान हुनेमा आफुहरु आसाबादि रहेको कार्यालयका सुचना अधिकारी गोविन्द पौडेल बताउँछन् । 

 निजी घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको प्रदेश नं ३ अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालयलमा लाईसन्स प्रदान गर्न सक्ने गरी कर्मचारीको दरबन्दी राखि कर्मचारी खटाईएको छ । ८ जनाको दरबन्दीरहेको यो कार्यालयमा हाल १२ जना कर्मचारीले सेवा प्रदान गरिरहेका छन् । यो कार्यालयले अहिले दैनिक बिहान ७ देखी बेलुका ६ बजे सम्म दैनिक ७ सयको हाराहारीमा सेवाग्राहीहरुलाई सेवा प्रदान गरेको कार्यालयका सूचना अधिकारी पौडेलले बताए  । 

भरतपुर सेवा कार्यालयमा अहिले सवारी कर भुक्तानी, रुट परमिट, पटके,  बिलबुकको नवीकरण  गर्ने कार्यमात्रै हुने गरेको छ । सवारी दर्ता र नया लाईसन्स बनाउने र नबिकरण गर्ने सेवा पनि यो कार्यलयमा प्रदान गर्न  यो क्षेत्रका सेवा ग्राही तथा यातायात ब्यवसायीहरुले माग गरिरहेका छन् । 

अहिले यो कोरोनाको मारका कारण भने बिहान ७ बजे देखी बेलुका ६ बजे सम्म सेवा प्रदान गर्नु पर्दा भने केही जटिलता भएको कर्मचारीहरु बताउछन् । सेवा ग्राहिको सहजताका लागी अहिले एउटै कर्मचारी बिहाना ७ देखी बेलुका ६ बजेससम्म निरन्तर खटिएको उनको भनाई छ ।  

झन्डै तीन महिना लामो लकडाउनका कारण सवारी कर तिर्न नपाएका करदाताहरु असार १ देखी कार्यालय खुलेसंगै सवारी कर तिर्न लाईन बसेका छन् । कार्यालयमा अहिले सेवाग्राहीको अत्याधिक चाप रहेको छ । आफुहरुले सजगता अप्नाउदै जति सक्दो छिटो भन्दा छिटो  निरन्तर रुपमा सेवा प्रवाह गरेको कार्यालयका प्रमुख सुवास उप्रेती बताउँछन् ।   

लामो समयपछि कार्यालय खुलेको र एकैपटक सेवाग्राहीको चाप बढेकाले अलि असहज भएपनि आन्तरीक कुराहरु मिलाउदै कर्मचारीहरुको अथक मेहनत ले सेवालाई सहज बनाउदै सेवाग्राहीलाई सेवा दिएको उनको भनाई छ ।  सवारी धनीका हकमा जुन प्रदेशमा दर्ता भएका सवारी साधन छन् त्यही प्रदेशमा कर तिर्न सक्ने  र त्यो बाहेक सवारी धनीको ठेगाना बिल बुकमा जुन  प्रदेशको छ, उसले त्यही प्रदेशमा पनि कर तिर्न सक्ने ब्यबस्था रहेकाले कर तिर्ने बिषयमा अन्योलमा नपर्न उनको अग्रह छ । 

प्रतिक्रिया दिनुहोस