साझा यातायातले भोलिबाट सेवा थाल्ने

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, १६ : २३
साझा यातायातले भोलिबाट सेवा थाल्ने

काठमाडौं । साझा यातायातले भोलि बिहीबारबाट सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने भएको छ । 

संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको छ । गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिनेछ । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस