जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, १२ : ५९
जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता

सांकेतिक तस्विर

काठमाडौँ । ट्राफिक प्रहरीले सवारीसाधनमा लागू हुँदै आएको जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता दिएको छ ।   

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले ट्याक्सीबाहेकको सवारीसाधनमा जोरबिजोर प्रणाली रहेको भन्दै सोको कार्यान्वयनका लागि चेकजाँचमा कडाइ गरिएको जानकारी दिए । 

उनकाअनुसार ट्राफिक प्रहरीले विभिन्न ४६ वटा ‘चेकिङ प्वाइन्ट’मार्फत निरन्तर चेटजाँच भइरहेको छ । 

बुधबार बिहानैमात्र ती चेकिङ प्वाइन्टमार्फत ७६३ वटा सवारीसाधन कारबाहीमा परेको ढकालले जानकारी दिए । जसमा ६४१ वटा मोटरसाइकल र १२२ वटा चारपांग्रे गाडी रहेका छन् । 

यसैगरी मंगलबार मोटरसाइकल र चारपांग्रे सवारीसाधन गरी जम्मा १४५७ वटा सवारीसाधान कारबाहीमा परेको पनि महाशाखाले जनाएको छ । 

यसैबीच बुधबार र बिहीबार दुबै दिन उपत्यकाका सडकमा बिजोर नम्बर प्लेटका सवारी चल्ने भएका छन् । बुधबार असार महिनाको ३१ गते र भोलि साउन महिनाको १ गते रहेकाले दुबै दिन बिजोर गते भएकाले बिजोर नम्बर प्लेटकै सवारी चल्ने ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस