काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका एक जना प्रभावशाली नेता ओमप्रकाश पुन (निर्माण) प्रक्राउ परेका छन् । उनी विप्लवको पार्टीको मेची महाकाली इन्चार्ज हुन् ।
पुनलाई धनगढी आसपासबाटै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटनाबारे अहिलेसम्म औपचारिक रुपमा कुनै जानकारी त दिएको छैन । तर विप्लवका पार्टीका एक नेताले उनी पक्राउ परेको बताए । ‘उहाँ धनगढीबाट पक्राउ पर्नुभएको सूचना आएको छ’, ति नेताले भने ।
पुनलाई प्रहरीले केही दिन देखि पिछा गरिरहेको थियो । फुलबारीबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । पुनसँगै अखिल नेपाल महिला संघकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी छन् । धामी पुनकी श्रीमती हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले एक महिला र एक पुरुष गरि दुई जनालाई केही बेर अघि पक्राउ गरिएको बताए । तर उनले कुन स्तरका नेता भन्ने बारेमा भने केही थाहा भईनसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ असार २०७७, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा