काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को अप्रमाणित विषय बोलेर छिमेकी भारतसँग सम्बन्ध बिगार्न थालेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।
सार्वजनिक रूपमा कार्यकारी प्रमुखबाट आएका विवादास्पद अभिव्यक्तिले दुई देशबीचको सम्बन्धलाई जटिलतातिर धकेल्ने विपक्षी दलहरूको भनाइ छ । प्रमुख प्रतिपक्षी कांग्रेसले नयाँ नक्साअनुसारको अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा ध्यान अन्यन्त्र मोड्न यस्तो फन्डा अघि सारेको टिप्पणी गरेको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले त ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । कांग्रेसका अर्का नेता शेखर कोइरालाले धर्म र आस्थालाई राजनीति तथा कूटनीतिको हतियार बनाएर प्रधानमन्त्री ओलीले सत्ताको मलजल गर्न खोजेको टिप्पणी गरेका छन् ।राप्रपाका अध्यक्ष कमल थापाले प्रमको स्तरबाट उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु उपयुक्त नभएको बताएका छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३१ असार २०७७, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की