काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को अप्रमाणित विषय बोलेर छिमेकी भारतसँग सम्बन्ध बिगार्न थालेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।
सार्वजनिक रूपमा कार्यकारी प्रमुखबाट आएका विवादास्पद अभिव्यक्तिले दुई देशबीचको सम्बन्धलाई जटिलतातिर धकेल्ने विपक्षी दलहरूको भनाइ छ । प्रमुख प्रतिपक्षी कांग्रेसले नयाँ नक्साअनुसारको अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा ध्यान अन्यन्त्र मोड्न यस्तो फन्डा अघि सारेको टिप्पणी गरेको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले त ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । कांग्रेसका अर्का नेता शेखर कोइरालाले धर्म र आस्थालाई राजनीति तथा कूटनीतिको हतियार बनाएर प्रधानमन्त्री ओलीले सत्ताको मलजल गर्न खोजेको टिप्पणी गरेका छन् ।राप्रपाका अध्यक्ष कमल थापाले प्रमको स्तरबाट उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु उपयुक्त नभएको बताएका छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३१ असार २०७७, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग