काठमाडौं । प्रधानमन्त्री केपी ओलीले श्रीरामको जन्मस्थान अयोध्याको विषयमा दिएको अभिव्यक्ति अहिले चर्चामा छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीलाई यो विषयमा नबोल्न दुई वर्ष अघिनै सुझाव दिएको उपाध्यक्ष वामदेव गौतमले खुलासा गरेका छन्। प्रधानमन्त्रीको अभिव्यक्तिमाथि आलोचना बढ्दै गएपछि मंगलबार नेता गौतमले यस्तो खुलासा गरेका हुन्।
‘नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क।केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ’, गौतमले भनेका छन्, ‘आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएको बखत यो विषयबारे चर्चा गर्नुभएको थियो। मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामग्री उल्लेख गर्दै बिना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ।’
नेता गौतमले अध्यक्ष ओलीले यो विषय सार्वजनिक गर्ने हुन् कि भन्ने शंका भने लागेको उल्लेख गरेका छन्। ‘मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो’, उनले थप भनेका छन्, ‘नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३१ असार २०७७, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ: वामदेव गौतम
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम