Safal Khabar - नक्कली भ्याट बिल प्रयोग गरी ठगी गरेको अभियोगमा मुद्दा दायर
बुधबार, २१ साउन २०७७ (Wednesday, 5 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
नक्कली भ्याट बिल प्रयोग गरी ठगी गरेको अभियोगमा मुद्दा दायर
मङ्गलबार, ३० असार २०७७, २० : ०२
नक्कली भ्याट बिल प्रयोग गरी ठगी गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ । राजश्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भाट)बीजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा युनिक वाइड इन्टरनेशनल प्रालि र न्यू युनिक इन्टरनेशनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 

विभागका अनुसार राजश्व छली गर्ने कामपा–१ का युनिक वाइड र न्यू युनिक इन्टरनेशनलका सञ्चालकले रु ७३ करोड ६० लाख २८ हजार ७०० बराबरको नक्कली भ्याट बिल बनाएको पाइएको छ । उनीहरुले वस्तु तथा सेवा नै खरिद नगरी झुटा तथा नक्कली भ्याट बिल खरिद गरेको र आयकरसमेतको राजश्व चुहावट गरेको पाइएको छ । 

विभागका अनुसार युनिक वाइड तथा न्यू युनिक इन्टरनेशनलले भ्याटतर्फ रु १२ करोड ४२ लाख २८ हजार ६१७ र आयकरतर्फ रु २२ करोड ८० लाख ५९ हजार ३०९ तथा लाभांश करतर्फ रु दुई करोड ५७ लाख ४० हजार ७७३ बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।

Yeti Diistillery
Tansen Cement box

आरोपी दुवै फर्मलाई बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको भए पनि आवश्यक प्रक्रिया बाँकी रहेकाले आज सार्वजनिक गरिएको हो । 

प्रतिक्रिया दिनुहोस