कामको कदरले नै सम्मान दिइने हो, किन प्रश्नचिन्ह : करिश्मा मानन्धर

सफल खबर संवाददाता

मंगलबार, ३० असार २०७७, १७ : ३३
कामको कदरले नै सम्मान दिइने हो, किन प्रश्नचिन्ह : करिश्मा मानन्धर

फाइल फोटो

काठमाडौँ । सदाबहार नायिका करिश्मा मानन्धरले मान्छेका कामको कदरले नै सम्मान दिइने भन्दै कसैले पाएको सम्मानमाथि प्रश्नचिन्ह खडा गर्न नहुने बताएकी छिन् ।

उनी भन्छिन्, ‘चलचित्र क्षेत्रमा भएका संघसंस्थाहरु छन् । तिनले हामीलाई सम्मान दिएको छ, मलाई ‘सदाबहार नायिका’ भनिन्छ, नीर शाहलाई भिष्म पितामह भनिन्छ। मान्छेका कामको कदरले नै सम्मान दिइने हो। जतिबेला काम गरिन्छ। त्यो बेलामा दिएको सम्मानलाई किन प्रश्न चिन्ह लगाइदिनुरु काम गर्दै गएपछि सबैले पाउने सम्मान आफ्नो ठाउँमा हुन्छ। परिवारमा किन झगडा गर्नु, परिवार त सबै जना मिलेर बस्नुपर्छ। केही असन्तुष्टि भए आफू आफूमा सुल्झाउन सकिन्छ, सम्पर्कमा आएर कुरा मिलाउन सकिन्छ। एक अर्कामा होडबाजी गर्दा ‘आङ कनाएर छारो उडाएको जस्तो भइरहेको छ।’

 मिडियासँगको कुराकानीमा सदाबहार नायिका करिश्मा भन्छिन्, ‘महानायकको उपाधि पाएका राजेश हमालप्रति मेरो उच्च सम्मान छ, उहाँसँग काम गर्दा मैले देखेको उहाँको व्यवहार धेरैलाई थाहा नहुन सक्छ । उहाँ काम गर्ने तर धेरै नबोल्ने व्यक्तित्व हुनुहुन्छ । हुन त चलचित्र ‘क्षेत्र’ बन्न एक जनाको मात्र योगदान र मेहनत हुँदैन, यो सालौँको मेहनत अनि तपस्याको परिणाम हो। जसरी नेपाली चलचित्र क्षेत्रको ‘५० वर्षको इतिहास’ भनेर उल्लेख गरिन्छ, त्यसको जग कसरी बस्यो र अहिलेसम्म कसरी अडियो भनेर इतिहास बुझ्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस