आज दिनभरको मौसम कस्तो रहला ? अधिकांश स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, ३० असार २०७७, ०९ : ४५
आज दिनभरको मौसम कस्तो रहला ? अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभरको मौसम  आंशिकदेखि सामान्य बदली रही विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

अहिले देशका सबै स्थानमा मनसुनी वायुको प्रभाव रहेकाले बदली तथा वर्षा भएको मौसमविदले बताएका छन् । यस्तै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग बाट केही दक्षिण तिर सरेको छ। देशभर अहिले आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति भने देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविदको भनाई छ ।

प्रतिक्रिया दिनुहोस