चितवन। चितवनमा जेनजी आन्दोलनसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्। उनीहरूले शान्तिपूर्ण रूपमा मौन विरोध जनाउँदै सरकारसँग पारदर्शिता अपनाउन र घटनाको सत्य तथ्य सार्वजनिक गर्न जोडदार माग गरेका हुन्। धर्नामा सहभागीहरूले “प्रतिवेदन सार्वजनिक गर”, “न्याय दे” जस्ता नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए।
धर्नामा सहभागी अभियन्ताहरूका अनुसार लामो समय बितिसक्दा पनि सम्बन्धित निकायले प्रतिवेदन सार्वजनिक नगरेकोले जनस्तरमा अन्योल र असन्तोष बढ्दै गएको छ। उनीहरूले सत्य तथ्य लुकाउन खोजिएको आशंका गर्दै तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। साथै, दोषीमाथि कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न पनि उनीहरूको जोड रहेको छ।
जेनजी आन्दोलन पछिल्लो समय युवाहरूको सक्रियतासँग जोडिएको एक महत्वपूर्ण आन्दोलनका रूपमा उदाएको थियो। सामाजिक न्याय, पारदर्शिता र जवाफदेहिताको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शनहरू भएका थिए। सोही क्रममा चितवनमा भएको आन्दोलनपछि घटनाबारे छानबिन गर्न समिति गठन गरिएको थियो। तर, उक्त समितिको प्रतिवेदन हालसम्म सार्वजनिक नभएपछि उनिहरु विरोधमा उत्रिएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०८२, १७ : ०३
लेखकबाट थप