साउन १ गतेबाट साझा बस चलाउने तयारी

सफल खबर संवाददाता

सोमबार, २९ असार २०७७, १५ : ५१
साउन १ गतेबाट साझा बस चलाउने तयारी

काठमाडौं । आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकाभित्र साझा यातायात सहकारी संस्थाले साझा बस चलाउने तयारी गरेको छ ।

सरकारसमेत अंशियार रहेको साझा यातायातले तत्काल उपत्यकाभित्र गाडी चलाउने निर्णय गरेको हो। साउन १ गतेदेखि उपत्यकाभित्र साझा यातायात सञ्चालन गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ । 

हालै सरकारले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालन गरी सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार गत शुक्रबारदेखि नै सार्वजनिक यातायातका गाडी गुड्न सक्थे । व्यवसायीहरूले सरकारले आफ्ना माग सुनाइ नै नगरी एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन् । व्यवसायीहरूले गाडी निकालेका छैनन् ।
 

प्रतिक्रिया दिनुहोस