अमेरिकामा नौसेनाको जहाज विष्फोट हुँदा २१ जना घाईते

एजेन्सी

सोमबार, २९ असार २०७७, ११ : १४
अमेरिकामा नौसेनाको जहाज विष्फोट हुँदा २१ जना घाईते

काठमाडौं । नौसेनाको जहाज अमेरिकाको डिएगोमा विस्फोट हुँदा २१ जना घाइते भएका छन् । अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित यूएस नेवल बेसमा रहेको जहाजमा विस्फोटपछि आगलागी हुँदा २१ जना घाइते भएको जनाएको छ । 

अमेरिकी नौसेनालाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार घटनामा घाइते १७ कर्मचारी ४ यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटना आईतबार राति घटेको हो । 

प्रतिक्रिया दिनुहोस