काठमाडौं उपत्यकामा साझा बस सञ्चालनको तयारी

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, १४ : २७
काठमाडौं उपत्यकामा साझा बस सञ्चालनको तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने भएको छ । 

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् । 

सरकारले तोकेको मापदण्ड पालना गर्दै बस सञ्चालन हुन लागेको हो । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने बताएका छन् ।  

सरकारले ५० प्रतिशत यात्रु बोक्न पाउने, ५० प्रतिशत बढी भाडा लिन पाउने र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने सर्तमा बस सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

तर सार्वजनिक यातायात व्यवसायीले सरकारले आफ्नो माग पूरा नगरे बस सञ्चालन नगर्ने बताइरहेका बेला साझाले सिमित स्थानमा बस सेवा सञ्चालन गर्न लागेको हो । साझाले ४ महिनादेखि पार्किङ गरेर राखेका बस मर्मतको काम थालेको छ । 

Sajha Yatayat buses stand at ready to start limited service in the Valley within the next few days, promoting safe travel with social distancing. The buses and we their handlers have missed our passengers dearly, and can’t wait to get back on the road. pic.twitter.com/ycuegmlus0 — Kanak Mani Dixit (@KanakManiDixit) July 11, 2020

प्रतिक्रिया दिनुहोस