म्याग्दीको पहिरोमा तीन जनाको मृत्यु, ३१ जना बेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, २६ असार २०७७, १५ : ०४
म्याग्दीको पहिरोमा तीन जनाको मृत्यु, ३१ जना बेपत्ता

पोखरा । म्याग्दीमा आएको बाढी पहिरोमा ३ जनाको मृत्यु भएको छ । बाढी पहिरोबाट ३१ जना बेपत्ता भएका छन् ।
जिल्लाको धौलागिरि गाउँपालिका ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा एक  जनाको शव भेटिएको म्याग्दीका प्रहरीले जनाएको छ । रघुगंगा गाउँपालिका–६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए । उनको शव भेटिएको छ । 

पहिरोले धौलागिरि, रघुगंगा र मालिका गाउँपालिका बढी प्रभावित भएको छ । धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना वेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको प्रजिअ ढकालले जानकारी दिए । 

उद्धार टोली पु-याउन गृह मन्त्रालयबाट हेलिकप्टर माग गरिएको छ । ‘पहिरोमा बेपत्ताहरुको खोजी र उद्धारमा समस्या भएकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर आउँदैछ,’ उनले भने, ‘हेलिकप्टरमार्फत र पैदल पनि उद्धार टोली पुगेपछि घटनाको यथार्थ आउला ।’
 

प्रतिक्रिया दिनुहोस