काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अविरल वर्षासँगै आएको बाढी पहिरोमा घरबार बिहीन भएका नागरिकहरुको जीवनरक्षा, उद्धार र राहतमा जुट्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेसले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अविरल वर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको र पीडितहरुको जीवन कष्टकर बन्दै गइरहेको जनाएको छ । पछिल्लो घटनाक्रम अनुसार कास्की,लमजुङ, सिन्धुपाल्चोक,म्याग्दीको विपत्ती प्रति दुख व्यक्त गरेको छ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति अनुसार प्राकृतिक विपतीको घटना प्रति दुख व्यक्त गर्दै सभापति शेर बहादुर देउवाले कोरोना कहरको पीडामा रहेको बेला फेरी प्राकृतिक विपतको सामना गर्नु परेको उल्लेख गरेका छन ।यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवनरक्षा,उद्दार र राहतको कार्य प्रभावकारी बनाउन सरकारसँग आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०७७, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस