एजेन्सी । भारतको उत्तर प्रदेशमा ८ जना प्रहरीको ज्यान लिने कुख्यात अपराधी विकास दुवेको प्रहरी कारबाहीमा मृत्यु भएको छ । प्रहरीले कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेलाई उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो ।
दुर्घटनापछि विकासले हतियार खोसेर भाग्ने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको थियो । गोलीबाट गम्भीर घाईते भएका दुवेको अस्पताल लग्नासाथ मृत घोषणा गरिएको थियो । प्रहरीका अनुसार गाडी दुर्घटनामा परि केही प्रहरी घाइते भएका थिए । विकासले घाइते रहेका प्रहरीको हतियार खोसेर भाग्न खोजेका थिए।
त्यस क्रममा प्रहरीले उनलाई घेरा हालेको थियो । आत्मसमर्पण गर्न आग्रह गरे पनि विकासले फायरिंग सुरु गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले पनि फायरिंग गरेको र गोली लागेर गम्भीर घाइते भएका विकासको मृत्यु भएको जनाइएको छ ।
कानपुरमा आठजना प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको थियो। गत शुक्रबार दुवेलाई पक्राउ गर्न खोज्दा दुवेसंगको मुठभेडमा ८ जना प्रहरीको ज्यान गएको थियो । प्रहरीहरुलाई दुवेको समुहले घेरा हाली गोली हानेको प्रहरीको भनाई रहदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ असार २०७७, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने
भारतको रक्षा बजेटमा १५ प्रतिशत वृद्धि: चीन र पाकिस्तानको चुनौतीबीच सेनालाई आधुनिक बनाउने लक्ष्य
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित
डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल