काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक लगायतका देशभरका बाढी पहिरोका कारण बेपत्ता भएकाहरुको तत्काल खोजी अभियानमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेका छन् ।
बुधबार राति बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ, ९ जना बेपत्ता भएका छन् । भोटेकोशीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पु¥याएको छ । अध्यक्ष प्रचण्डले उक्त क्षेत्रमा उद्दारका लागि पार्टी पंक्तिलाई निर्देशन गरेका हुन् । अध्यक्ष प्रचण्डले बझाङ, सिन्धुपाल्चोक लगायत देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो मानवीय तथा धनमालको क्षति भएको भन्दै प्राकृतिक विपत्तीमा परि निधन भएकाहरुको, परिवारमा समवेदना समेत व्यक्त गरेका छन् ।
प्रचण्डले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुक पेजमार्फत बेपत्ता भएकाहरुको खोजीका लागि स्थानीय प्रशासन तथा पार्टीपंक्तिलाई जुट्न अपिल गरेका हुन् । यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सिन्धुपाल्चोकको बाढी पहिरोमा उद्दारका लागि पार्टीका नेता कार्यकर्ता परिचालन हुन निर्देशन गरेका छन् । उनले पनि सामाजिक सन्जालमार्फत नै नेता कार्यकर्ता परिचालन हुन अपिल गरेका हुन् ।
यसैबीच सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे र जम्बु बजार लगायतमा बाढीपहिरोले क्षति पुयाएको स्थानको स्थलगत अवलोकनका लागि त्यसतर्फ लागेको सापकोटाको प्रेस विज्ञ श्रीधर न्यौपानेले सफलखबरलाई बताए । सापकोटा सिन्धुपाल्चोककै सांसद हुन् । सो स्थानमा गएराति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०७७, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड