एजेन्सी । विश्व व्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा भारतको राजधानी दिल्लीमा १० हजार शय्याको कोरोना भाइरस स्याहार गृह संचालनमा ल्याईएको छ । उक्त स्याहार गृहमा सामान्य लक्षण भएका तथा कोभिड १९ पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकाहरूको उपचार गरिने बताइएको छ ।
२० वटा फुटबल मैदानजत्रो आकारको उक्त स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो कोरोनाभाइरस केन्द्रका रूपमा दाबी गरिरहेका छन् । राजधानी दिल्ली देशकै प्रभावित क्षेत्रमध्ये एक स्थान हो । महाराष्ट्र प्रदेश पछि सबैभन्दा बढी संक्रमित तथा मृत्यु दर पनि दिल्लीमै रहेको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४२१ जनाको मृत्यु भएको छ २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ४ लाख २४ हजार ८९१२ जना संक्रमणमुक्त भएका छन् । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा पुगेको छ । सबैभन्दा बढी प्रभावित अमेरिका छ भने त्यसपछि ब्राजिल प्रभावित छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ असार २०७७, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा