काठमाडौ । कोरोना भाइरस सङ्क्रमणका कारण विश्व पर्यटन यति बेला ठप्प छ तर कतिपय देशले कोरोना सङ्क्रमितको सङ्ख्या कम हुन थालेपछि पर्यटक भित्र्याउने तयारी थालेका छन् ।
पर्यटक भित्र्यायाउने यस पटकको ती देशका नियम भने निकै अनौठा छन् । मेक्सिकोले पर्यटकलाई निःशुल्क बास सुविधा दिने घोषणा गरेको छ भने ग्रिसले यातायात सेवा थप सस्तो बनाउन यसमा लाग्ने कर घटाएको छ । सिसिलीले उडान शुल्कमा छुट दिने भएको छ । यस्तोमा बेलायत र कम्बोडिया अलि फरक र आश्चर्यजनक पर्यटकीय नियमका कारण चर्चामा छन् ।
कोभिड–१९ सङ्क्रमणका कारण पर्यटक आगमनमा प्रायः सबै देशले कडाइ गरिरहेको अवस्थामा बेलायतले भने पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने नियम हटाएको छ । बेलायतले आगामी असार २६ गतेदेखि लागू हुने गरी विभिन्न ५९ वटा देशबाट भित्रिने पर्यटकले क्वारेन्टाइन बस्नुपर्ने नियम खुकुलो बनाएको हो ।
बेलायत सरकारले हालै प्रकाशन गरेको उक्त सूचीमा ग्रिस, स्पेन, फ्रान्स र बेल्जियमजस्ता देशबाट पर्यटक भित्रिँदा १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम लागू नहुने जनाएको हो । बेलायत सरकारको यो सूचीमा जापान, हङकङ, मकाउ, भियतनामजस्ता लामो दूरीका देशसमेत परेका छन् । उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड, वेल्सको हकमा भने यससम्बन्धी अझै निर्णय भइसकेको छैन ।
गत महिना कोरोना सङ्क्रमण रोक्ने नीतिअनुरूप बेलायतले यात्रा प्रतिबन्ध लगाएको थियो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अबदेखि कोरोना सङ्क्रमण नियन्त्रणमा नआएका देशका नागरिकलाई मात्र क्वारेन्टाइनमा राख्ने सरकारको नीति रहेको बताउनुभयो । यद्यपि बेलायत प्रवेश गर्ने पर्यटकले सम्पर्क सूचना भने उपलब्ध गराउनुपर्ने छ ।
कम्बोडियाको स्वास्थ्य मन्त्रालयले पर्यटकहरूले त्यहाँ जाँदा अनिवार्य रूपमा तीन हजार डलर ‘डिपोजिट’ राख्नुपर्ने नीति अख्तियार गर्ने भएको छ । यो रकम कोरोना भाइरस ‘डिपोजिट’का रूपमा उपयोग गर्ने नीति कम्बोडिया सरकारको छ । त्यस्तै ५० हजार डलरको स्वास्थ्य बीमाको प्रमाणित पनि देखाउनुपर्ने नियम कम्बोडियाले बनाएको छ । एजेन्सीलाई उदृत गर्दै गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २१ असार २०७७, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
एक महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
तिलिचो बेस क्याम्पमा फसेका पर्यटकहरूको सशस्त्र प्रहरी बलको माउन्टेन रेस्क्यू टिमद्वारा सफल उद्धार
अन्नपूर्ण पदयात्रामा पर्यटक फसेपछि उद्धार टोली परिचालिन
बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ
ढोरपाटनमा एक वर्षमा पुगे २३ हजार पर्यटक