काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।
पछिल्लो समय नेकपामा विवाद चर्किएको छ । प्रधानमन्त्री ओलीलाई पद छाड्न नेकपाका बहुमत नेताहरुले दवाव दिइरहेका छन् ।
विवादकै क्रममा सहमतिको प्रयासस्वरुप आज तय स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको सन्दर्भमा ओली शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ । यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यस्तै आजै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असार २०७७, १८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
‘गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब’ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता