काठमाडौं । कोभिड–१९ को संक्रमण र लकडाउन लम्बिँदै गएपछि बचत तथा ऋण सहकारी संस्थामा तरलताको समस्या देखिन थालेको छ । सहकारीको दैनिक बचत संकलनका साथै ऋण असुली समेत प्रभावित भएपछि संस्थाहरूलाई बचत फिर्ता गर्न समेत अप्ठ्यारो पर्न थालेको हो ।
गत सातामात्र थानकोटस्थित बन्दना बहुउद्देश्यीय सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै सदस्यहरू प्रहरी कार्यालय पुगेका थिए । लकडाउनपछि संस्थाले कार्यालय बन्द गरेको र बचत फिर्ताका लागि समेत आनाकानी गरेपछि सदस्यहरू उजुरी लिएर प्रहरीकोमा पुगेपनि प्रहरीको रोहवरमा सात महिनाभित्र बचत फिर्ता गर्ने सहमति भएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गरेसँगै बन्द भएका सहकारी संस्थाहरू लकडाउन खुकुलो हुँदा पनि पूर्ण रुपमा खुल्न सकेका छैनन् । विषेश गरी न्यूरोडलगायतका व्यापारिक क्षेत्रमा सञ्चालित सहकारीले कार्यालय सञ्चालन गर्न नै सकेका छैनन् । कोरोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ असार २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा हाल ७५३ वटा सहकारी, ठुलामा पर्याप्त तरलता
समस्याग्रस्त सहकारीका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र हर्जनामा छुट
समस्याग्रस्त ५ सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण चुक्ता गर्न ताकेता
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
काठमाडौंमा सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन
सहकारी तथा लघुवित्त पीडितले काठमाडौँमा गरे प्रदर्शन