काठमाडौं । कोभिड–१९ को संक्रमण र लकडाउन लम्बिँदै गएपछि बचत तथा ऋण सहकारी संस्थामा तरलताको समस्या देखिन थालेको छ । सहकारीको दैनिक बचत संकलनका साथै ऋण असुली समेत प्रभावित भएपछि संस्थाहरूलाई बचत फिर्ता गर्न समेत अप्ठ्यारो पर्न थालेको हो ।
गत सातामात्र थानकोटस्थित बन्दना बहुउद्देश्यीय सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै सदस्यहरू प्रहरी कार्यालय पुगेका थिए । लकडाउनपछि संस्थाले कार्यालय बन्द गरेको र बचत फिर्ताका लागि समेत आनाकानी गरेपछि सदस्यहरू उजुरी लिएर प्रहरीकोमा पुगेपनि प्रहरीको रोहवरमा सात महिनाभित्र बचत फिर्ता गर्ने सहमति भएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गरेसँगै बन्द भएका सहकारी संस्थाहरू लकडाउन खुकुलो हुँदा पनि पूर्ण रुपमा खुल्न सकेका छैनन् । विषेश गरी न्यूरोडलगायतका व्यापारिक क्षेत्रमा सञ्चालित सहकारीले कार्यालय सञ्चालन गर्न नै सकेका छैनन् । कोरोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ असार २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय