काठमाडौँ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा पार्टी एकतामा गम्भीर संकट परेको बताएका छन् । बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटीको बैठकपछि उनले पार्टी एकतामा संकट आइपरेको बताए ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने गर्नुहुनेछ, त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।’
श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति ओलीसँग भएको थियो तर बसेर संसद् अधिवेशन अन्त्य गर्नुभयो भनेर दाहालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याइनसकेको बारे आफूलाई स्पष्ट पारेको पनि दाहालले स्थायी कमिटीमा सुनाएका थिए ।
राजनीतिक दलसँग सम्बन्धी कानुन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको भन्ने चर्चापछि अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार दिउँसो शीतल निवास गएका थिए । राष्ट्रपतिसँग करिब १ घन्टा भेटवार्तापछि दाहाल पुन : बालुवाटार फर्किएपछि स्थायी कमिटी बैठक बसेको थियो ।
नेकपा स्थायी कमिटी बैठक अब शनिबार बिहान ११ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०७७, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक जारी
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
नेकपामा ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समिति गठन (नामावलीसहित)
नेकपाद्वारा १० बुँदे कार्ययोजना प्रस्ताव
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
राजनीतिक पूर्वाग्रह राखेर द्वन्द्व सिर्जना हुने कार्य सरकारले नगरोस् : नेकपा