काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गरिरहेको कांग्रेसले कार्यसम्पादन समितिमा त्यसको निष्कर्ष, प्रतिनिधि सभामा संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्ने बुझिएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको कार्यशैलीप्रति काँग्रेसको असन्तुष्टि
काँग्रेसद्वारा मानव अधिकार आयोग प्रतिवेदनबारे सरकारको आधिकारिक धारणा माग
काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तोक्यो ७ विषयगत उपसमिति संयोजक
काँग्रेस संसदीय दलको बैठक जारी
कांग्रेस संसदीय दलको बैठक बस्दै
काँग्रेसभित्र सहमतिको प्रयास स्वरूप डा. कोइरालाद्वारा पाँच प्रस्ताव प्रस्तुत