काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ ।
आज बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि स्थगन गर्ने निर्णय बैठकले गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ ।
आगामी सोमबारका लागि बैठक बोलाइएको भए पनि त्यसअघि नै अधिवेशन स्थगनको निर्णय भएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०७७, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसद सचिवालयमा तीन उपसचिव बढुवा सिफारिस