कलैया । बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।
मृत्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको चट्याङ लागेर मृत्यु भएको हो । फेटामा घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको घटनास्थलमै मृत्यु भएको प्रवक्ता मिश्रले बताए ।
चट्याङ लागेर फेटामा पाँच जना घाइते भएका छन् । घाइतेलाई अस्पताल लगिएको र मृतकको शव परीक्षणका लागि कलैया अस्पतालमा ल्याउने तयारी भइरहेको प्रवक्ता मिश्रको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १८ असार २०७७, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते