कोरोना भाइरस

रेड जाेनतर्फ जाँदैछ चितवन : एकै दिन थपिए २५ जना संक्रमित

सूर्यप्रकाश कँडेल

बुधबार, १७ असार २०७७, १० : ४५
रेड जाेनतर्फ जाँदैछ  चितवन : एकै दिन थपिए २५ जना संक्रमित

फाइल फाेटाे

- सूर्यप्रकाश कँडेल

चितवन । रेड जाेनतर्फ अगाडि बढिरहेकाे चितवनमा बुधबार एकैदिन २५ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोभिड प्रयोगशालामा परीक्षण गरिएका एक सय एक जनाको स्वाब नमुनामध्ये २५ वटामा कोभिड १९ पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये १९ जना पुरुष र ६ जना महिला छन् । 

नयाँ संक्रमित २५ जनामध्ये आठ जना पुरुष र दुई जना महिला गैँडाकोट नगरपालिकाका हुन् । अन्य ६ जना पुरुष भरतपुर महानगरपालिका निवासी हुन् । बाँकी नौ जनामध्ये ६ जना भरतपुर अस्पताल, दुई जना नारायणी सामुदायिक अस्पताल र एक जना सेन्ट्रल अस्पतालमा उपचाररत बिरामी हुन् ।

तीन साताअघि गत जेठ २६ गते चितवनमा एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ७३ जना पुगेको छ । संक्रमितमध्ये २७ जनाभन्दा बढी निको भई घर फर्केका छन् भने अन्यको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । 

भरतपुर अस्पतालमा उपचाररत संक्रमितमध्ये गत जेठ २७ गते भरतपुरका ६८ वर्षीय पुरुष र गत शनिबार कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएको थियो ।