एजेन्सी । अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचले अमेरिकाका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक एक लाख सम्म हुन सक्ने बताएका छन् ।
सिनेटमा भएको सुनुवाईको क्रममा डा. फाउचीले दैनिक संक्रमितको संख्या एक लाख पुगेमा आफू आश्चर्यमा नपर्ने बताएका हुन् । सिनेटमा बयानको क्रममा उनले अहिले महामारीलाई नियन्त्रणमा लिन सकेका छैनौँ ।’ अमेरिकीहरुले मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्ने जस्ता संक्रमणबाट जोगिने उपायहरु अझै पनि प्रभावकारी रुपमा नअपनाउँदा समस्या थप गम्भीर बन्दै गएको बताए ।
अहिले अमेरिकामा दैनिक संक्रमण हुने मध्ये आधा चार राज्यका नागरिक रहेको डा. फाउचीले बताए । न्यूर्योकका गभर्नर एन्ड्रयू कुओमोले अरु राज्यबाट आउने आधा अमेरिकी आइसोलेशनमा बस्नु पर्ने बताएका थिए । अमेरिकामा मंगलबार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार भन्दा बढी रह्यो । पछिल्लो चार दिन संक्रमितको संख्या ४० हजार भन्दा बढी रहेको छ । अहिले अमेरिकाको दक्षिणी तथा पश्चिमी राज्यमा संक्रमण अति तीव्र गतिमा बढिरहेको छ।
डा। फाउचीले सिनेट सुनुवाईको क्रममा उल्लेख गरेका बढी प्रभावित चार राज्य फ्लोरिडा, एरिजोना, टेक्सास र क्यालिफोर्निया रहेको सिएनएनले उल्लेख गरेको छ । अमेरिकामा महिना दिनअघि संक्रमण केही कम हुन थालेपछि लकडाउन खुकुलो पारिएको थियो । तर त्यसपछि पुनः संक्रमण बढ्न थाल्यो र अहिले विभिन्न राज्यले पुनः लकडाउन लागु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १७ असार २०७७, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता