सैनिक मुख्यालयमा जर्नेलहरुको आकस्मिक बैठक

सफल खबर संवाददाता

बुधबार, १७ असार २०७७, ०९ : २५
सैनिक मुख्यालयमा जर्नेलहरुको आकस्मिक बैठक

काठमाडौं । सत्तारुढ दल नेकपाले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न सैनिक मुख्यालयमा उपलब्ध जर्नेलहरुको बैठक सुरु भएको छ । 

सैनिक उच्च स्रोतका अनुसार, विकसित घटनाक्रमलाई मध्यनजर गर्दै सेनाले जर्नेलहरुलाई छलफलका लागि बोलाएको हो । विकसित घटनाक्रम कसरी जान सक्छ ? सेनाले सम्भावित राजनीतिक जटिलताका बारेमा कस्तो धारणा बनाउने भन्ने विषयमा केन्द्रीत रहेर छलफलका लागि जर्नेलहरुलाई बोलाएको बताईएको छ । बिहान ७ बजे नै जर्नेलहरु सैनिक मुख्यालय भद्रकालीमा जम्मा भईसकेका छन् । 

प्रधानमन्त्री ओलीले सहज राजीनामा दिएर राजनीतिक निकास खोल्ने बाटोमा नजाने देखेपछि उनले चाल्ने स्टेप पछि हुन सक्ने संकटका बारेमा केन्द्रीत रहेर सेनाको जर्नेलहरुको बैठक भद्रकालीमा बसिरहेको हो ।

उता अन्य सुरक्षा निकायका उच्च पदस्थ्य अधिकारीहरु पनि अहिले छलफलमै छन् । सम्भावित राजनीतिक घटनाक्रमको अध्ययन र आउन सक्ने सुरक्षा चुनौतिलाई मध्यनजर गरेर सेना, पुलिस, शसस्त्र र राष्ट्रिय अनुसन्धान विभाग समेत उच्च सर्तकतामा रहेको सुरक्षा श्रोतले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस