काठमाडौं । नेकपा स्थायी कमिटि बैठक सुरू भएको छ । बालुवाटारमा जारी आजको बैठकमा भिन्न दृश्य देखिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री लगायत सचिवालयका सबै नेताहरुलाई मञ्चबाट तल झारिएको छ ।
मञ्चबाट तल झारेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ ।
त्यस्तै अन्य सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा राखिएको छ ।
यसअघि बैठक उदघाटनको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरुलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो । बरिष्ट नेता माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षको आसनभन्दा केही पछाडि राखिएको थियो । सचिवालयका ९ जना नेता मञ्चमा थिए, स्थायी कमिटीका सदस्यहरु तल, होचोमा ।
पहिलो दिन बरिष्ठ नेता माधव नेपालले आफ्नो आसन केही अगाडि सार्न लगाएर विरोध जनाएका थिए ।
शुक्रबारको बैठकमा अध्यक्षहरु बस्ने विशेष सोफा हटाइयो र अरुकै जस्तो काठका कुर्सी राखियो । प्रधानमन्त्री ओली त्यो दिन बैठकमै आएनन् ।
शनिबार तेस्रो दिनको बैठकमा प्रधानमन्त्री केही बेर बसे । तर, सोफामा हैन, काठकै कुर्सीमा ।
आज मंगलबारको चौथो बैठकमा चाहिँ नेकपाले आफ्नो आसनमा अझै ‘क्रान्तिकारी’ परिवर्तन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असार २०७७, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग